कर्णाली


मध्यपश्चिम विश्वविद्यालयले माग्यो ४ डिनसहित परीक्षा व्यवस्था प्रमुख र दुई निर्देशक

मध्यपश्चिम विश्वविद्यालयले माग्यो ४ डिनसहित परीक्षा व्यवस्था प्रमुख र दुई निर्देशक

नेपालखबर
जेठ ९, २०८२ शुक्रबार १४:५६, सुर्खेत

मध्यपश्चिम विश्वविद्यालय वीरेन्द्रनगर सुर्खेतले डिन, कार्यकारी निर्देशक र परीक्षा व्यवस्थापन प्रमुख पदहरूमा विज्ञान खुलेको छ। मध्यपश्चिम विश्वविद्यालयले शुक्रबार सूचना जारी गर्दै एक परीक्षा व्यवस्थापन प्रमुख, दुई निर्देशक र ४ डिनको माग गरेको छ।

विद्यालयले माग गरेको डिनमा ग्र्याजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्स, ग्य्राजुएट स्कुल अफ म्यानेजमेन्ट, ग्य्राजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी, ग्य्राजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्री, कार्यकारी निर्देशकमा योजना, विकास तथा अनुगमन निर्देशनालय, पाठ्यक्रम विकास निर्देशनालय र परीक्षा व्यवस्थापन कार्यालय प्रमुख छन्।

उक्त सूचनामा मध्यपश्चिम विश्वविद्यालय अन्तगत रिक्त ग्य्राजुएट स्कुलका डिन, कार्यकारी निर्देशक र परीक्षा प्रमुख पदहरुमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति हुने उल्लेख छ।

साथै योग्यता पुगेका योग्य नेपाली नागरिकहरुद्वारा प्रथम पटक सूचना प्रकाशित भएको मितिले १० दिनभित्र मध्यपश्चिम विश्वविद्यालय, रजिस्ट्रारको कार्यालय, सुर्खेतमा भौतिक रुपमा तथा अनलाइनबाट आवेदन फारम पेश गर्न सकिने सूचनामा उल्लेख छ।

यस्तै, मध्यपश्चिम विश्वविद्यालयको आधिकारिक वेबसाइटबाट छनौट सम्बन्धी मापदण्ड प्राप्त गर्न सकिने विश्वविद्यालयले जनाएको छ।

यस्तो छ, न्यूनतम मापदण्ड
डिन पदका लागि मान्यता प्राप्त विश्वविद्यालयका सम्बन्धित विषयका प्राध्यापक वा पीएचडी उपाधि प्राप्त, कम्तीमा १० वर्षको कार्य अनुभव भएका सह–प्राध्यापक हुनुपर्ने, निर्देशक पदका लागि पीएचडी उपाधी प्राप्त, कम्तीमा १० वर्षको कार्य अनुभव भएको वा मान्यता प्राप्त विश्वविद्यालयमा कम्तीमा सह–प्राध्यापक पदमा कार्य अनुभव भएको हुनुपर्नेछ।

यस्तै, परीक्षा प्रमुख पदका लागि पीएचडी उपाधि प्राप्त, कम्तीमा १० वर्षको कार्य अनुभव भएको वा मान्यता प्राप्त विश्वविद्यालयमा कम्तीमा सह–प्राध्यापक पदमा कार्य अनुभव हुनुपर्ने सूचनामा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad