मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कालिकोटको तिला कर्णाली बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीका हिक्मत सिंह विजयी भएका छन्। उनी दोस्रोपटक स्ववियु अध्यक्ष निर्वाचित भएका हुन्।
अखिल क्रान्तिकारी, एकीकृत समाजवादीको अनेरास्ववियू, राप्रपाको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनसहितको गठबन्धनबाट सिंह उम्मेदवार बनेका थिए।
उनले ७२ मत प्राप्त गरेर विजयी हुँदा नेविसंघसँगको गठबन्धनबाट प्रतिस्पर्धा गरेकी अनेरास्ववियुकी दीपा शाहीले ५३ मत पाइन्। अनेरास्ववियुबाटै बागी उम्मेदवारी दिएकी शर्मिला शाहीले ३ मत पाइन्।
सचिवमा नेविसंघका खगेन्द्रप्रसाद पाण्डे दोहोरिएका छन्।
कोषाध्यक्षमा अखिल क्रान्तिकारीको गठबन्धनबाट उम्मेदवारी दिएकी राप्रविसंकी मीना शाहीले १ मतान्तरले अनेरास्ववियुका दुर्गबहादुर शाहीलाई हराइन्।
मीनाले ६३ मत ल्याउँदा दुर्गले ६२ मत ल्याएका छन्।
Shares

प्रतिक्रिया