कर्णाली


माओवादीद्वारा कर्णाली प्रदेशसभाको बैठकमा अवरोध

माओवादीद्वारा कर्णाली प्रदेशसभाको बैठकमा अवरोध

नेपालखबर
माघ १३, २०८१ आइतबार १७:४, सुर्खेत

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध पारेको छ। आइतबार बसेको बैठकमा वार्षिक १० हजारलाई रोजगारी दिने कार्यक्रम सरकारले अलपत्र पारेको भन्दै माओवादीले संसद अवरुद्ध पारेको हो।

बैठक कार्यसूचीमा प्रवेश नगर्दै माओवादी केन्द्र संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका जनतालाई राजगोरी दिनेगरी अघि सारिएको कार्यक्रम कार्यान्वयनमा सरकार जिम्मेवार नभएको भन्दै विरोध जनाएपछि आधा घण्टाका लागि बैठक स्थगित भएको छ।

उनले वार्षिक १० हजारलाई रोजगारी दिने गरी अघि सारिएको कार्यक्रम अघि नबढेसम्म संसद चल्न नदिने माओवादीको चेतावनी छ।
माओवादीको अवरोधपछि उपसभामुख यशोदाकुमारी न्यौपानेले आधा घण्टाका लागि बैठक स्थगित गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad