ad ad

कर्णाली


माओवादीको निर्णय कुर्दै कर्णालीको कार्यव्यवस्था परामर्श समिति बैठक

माओवादीको निर्णय कुर्दै कर्णालीको कार्यव्यवस्था परामर्श समिति बैठक

तस्बिर : दिनेश बुढा


नेपालखबर
चैत २०, २०८० मंगलबार १२:५१, सुर्खेत

कर्णाली प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ। मंगलबार बिहान साढे ११ बजेदेखि बसेको परामर्श समितिको बैठक जारी रहेको छ। 

मुख्यमन्त्री राजकुमार शर्माले लिने विश्वासको मतबारे प्रदेश सभा कार्यव्यवस्था समितिको बैठक बसेको थियो। उक्त बैठक दिउँसो दुई बजे बस्ने गरेर स्थगित भएको छ। 

कर्णाली प्रदेशसभा सचिव जिवराज बुढाथोकीका अनुसार समितिको बैठक बसेर एउटा निर्णय पनि भएको जानकारी दिए। 

`मुख्यमन्त्रीज्यूको विश्वासको मतका बारेमा छलफल भएको छ भने विशेष प्रस्थितिमा प्रदेशसभामा केही पनि नआएकाले अहिलेसम्म विश्वासको मत लिने नै भएको छ। तर, मुख्यमन्त्रीज्यूबाट विश्वासको मतबारे ठोस जवाफ नआएका कारण निर्णय क्लोजिङ भएको छैन।’

सचिव बुढाथोकीका अनुसार माओवादीले थप केही निर्णय गरेर पठाउछ कि भन्दै समितिक बैठक दिउँसो  २ बजेसम्मका लागि स्थगित गरिएकाे छ। 

यता हालसम्म नेकपा माओवादी केन्द्रले विश्वासको मत लिने दाबी जारी नै राखेको छ भने मुख्यमन्त्री निवासमा बसेकाे माओवादीको आन्तरिक बैठक पन सकिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .