कर्णाली


जंगलभित्र जरायोको मासु भागबन्डा लगाउँदै गरेका बेला पाँचजना पक्राउ

जंगलभित्र जरायोको मासु भागबन्डा लगाउँदै गरेका बेला पाँचजना पक्राउ

अभियुक्त


नेपालखबर
असार २७, २०८० बुधबार ११:५९, सुर्खेत

सुर्खेतको वीरेन्द्रनगरमा रहेको काँक्रेविहार जंगलमा संरक्षित वन्यजन्तु जरायोको मासु भागबन्डा लगाउँदै गरेका बेला प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। 

जरायो मारेको आरोपमा सुर्खेत जिल्ला प्रहरी कार्यालयले वीरेन्द्रनगर नगरपालिका–१० नयाँगाउँ क्षेत्रबाट पाँच जनालाई पक्राउ गरेको हो।

जरायो मारेर भाग लगाइरहेको गोप्य सूचना पाएपछि प्रहरी बुधबार बिहान ३ बजे घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका डीएसपी लक्ष्मणबहादुर शाहीले बताए। 

उनका अनुसार घटनामा अन्य व्यक्तिको पनि संलग्नता देखिएकाले उनीहरुको खोजीमा थप प्रहरी परिचालन गरिएको छ। 

प्रहरीले घटनास्थलबाट जरायोको मासु बरामद गरिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .