ad ad

कर्णाली


माओवादी केन्द्र हुम्ला ताँजाकोट गाउँ कमिटी अध्यक्षको दुर्घटनामा निधन

राहतको विषयमा कुरा नमिल्दा वार्ता निष्कर्षविहीन
माओवादी केन्द्र हुम्ला ताँजाकोट गाउँ कमिटी अध्यक्षको दुर्घटनामा निधन

दिनेश बुढा
जेठ १४, २०८० आइतबार २०:२६, सुर्खेत

नेकपा माओवादी केन्द्र ताँजाकोट गाउँ कमिटी हुम्लाका अध्यक्ष अकबिर खड्काको दुर्घटनामा परेर मृत्यु भएको छ। खड्काको मृत्यु भएसँगै आइतबार दिउँसो उनका आफन्तहरुले आन्दोलित हुँदै वीरेन्द्रनगरको सडकमा ओर्लिएका थिए।

वीरेन्द्रनगर नगरपालिका–१० रत्न राजमार्गको बुलबुले गेट नजिकै गएराती खड्का सवार मोटरसाइकल जीपमा ठोक्किँदा दुर्घटना भएको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएका खड्काको उपचारका लागि प्रहरीले उद्धार गरेर वीरेन्द्रनगरमा रहेको माया नर्सिङ होम भर्ना गरिएको थियो। 

त्यसपछि खड्काको थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको थियो। प्रदेश अस्पतालमा उपचारको क्रममा गए राती १२ बजेको समयमा डाक्टरले खड्कालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतलेका अनुसार खड्का सवार कर्णाली प्रदेश ०२००१ प ७८७४ मोटरसाइकल र सोही दिशाबाट आइरहेको कर्णाली प्रदेश ०२००१ ज ०५७३ नम्बरको जिपमा ठोक्किएको थियो।

ताँजाकोट गाउँपालिका–१ हुम्लाका स्थायीबासी खड्काको मृत्यु भएपछि आफन्तले आइतबार दिउँसो वीरेन्द्रनगरको बसपार्क अगाडी र एयरपोर्ट चोकमा टायर बालेर आन्दोलनमा उत्रिएका थिए।

उचित क्षतीपूर्तीको माग राख्दै सडकमा टायर बालेर अवरुद्ध गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेर उनिहरुलाइ तित्तरवित्तर पारेको थियो।

जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षसँग वार्ता जारी रहेपनि अहिलेसम्म कुनै निष्कर्षमा पुग्न नसकेको ताँजाकोट गाउँपालिकाका पूर्व अध्यक्ष बागदल मल्लले जानकारी दिए।

उनका अनुसार कम्तीमा १५ देखि २० लाख राहत दिनुपर्ने पीडित पक्षको अडान छ। तर, गाडीधनी कानूनअनुसार मात्रै क्षतीपूर्ती व्यहोर्ने बताएपछि वार्ता निष्कर्षविहिन बनेको हो।

स्थानीय प्रशासनसँग पनि गाडीधनीले कानूनअनुसार पाँच लाख रुपैयाँ मात्र दिन सकिने बताएका छन्। 

यता पीडित पक्षहरुले सोमबार बिहान छलफल गरेर कसरी अघि बढ्ने भन्ने गृहकार्यमा रहेको बताएका छन्।

प्रहरीले जीप चालक वीरेन्द्रनगर–२ का २४ वर्षीय विष्णुकुमार रोकायलाई र दुर्घटनामा परेका दुवै सवारीलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक देविन्द्र बुढाथोकीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .