कर्णाली


रुकुमपश्चिम जिप दुर्घटना अपडेट : ५ जनाको मृत्यु, १० घाइते

रुकुमपश्चिम जिप दुर्घटना अपडेट : ५ जनाको मृत्यु, १० घाइते

दुर्घटनामा परेको जिप। तस्बिर : सामाजिक सञ्जाल


दिनेश बुढा
जेठ ११, २०८० बिहिबार १०:३४, सुर्खेत

रुकुमपश्चिमको बाँफिकोट गाउँपालिकामा आज बिहान भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। 

आज बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटना भएको हो। 

दुर्घटनामा सानीभेरी गाउँपालिकाका ७० वर्षीय कर्णबहादुर बाडा मगर, अन्दाजी ५० वर्षका देउचन खत्री, बाँफिकोट गाउँपालिका–८ का २२ वर्षीय रेखा खनाल (केसी), उनको छोरा रोशन केसी र सोही ठाउँकी २३ वर्षीय सितला नाम गरेकी यात्रुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

दुर्घटनामा १० जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थाका ५ जनालाई उपचारका लागि लान सुर्खेतबाट हेलिकप्टर मगाइएको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ।

जिप सडकबाट अन्दाजी ४०० मिटर तल खसेर दुर्घटना भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .