ad ad

कर्णाली


कर्णालीका मुख्यमन्त्रीको स्वीकारोक्ति– जनादेशको पालना गर्न सकेनौं

कर्णालीका मुख्यमन्त्रीको स्वीकारोक्ति– जनादेशको पालना गर्न सकेनौं

नेपालखबर
चैत २६, २०७९ आइतबार १८:२, काठमाडौँ

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले जनादेश पालना सही ढंगबाट गर्न नसकेको स्वीकार गरेका छन्। आइतबार नेकपा एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको राजीनामा बुझेपछि उनले सो कुरा बताएका हुन्। 

‘अहिलेको जनादेश भनेको सबै मिलेर काम गर भन्ने हो। स्पष्ट बहुमत कसैको नभएको सन्दर्भमा मिलेर काम गर भन्ने जनादेश आएको हो,’ उनले भने, ‘जनताले आफ्नो अशिक्षा र गरिबीबाट बदलिनका लागि मिलेर काम गर भनेको हो। यसलाई हामीले सही ढंगले पालना गर्न सकेका छैनौं भन्ने अनुभूती भइरहेको छ।’

केन्द्रको राजनीतिक परिस्थितिलाई हेर्दै नयाँ मन्त्रिपरिषद् विस्तारको तयारी हुने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .