कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त भएका छन्।
प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले शाहीलाई नियुक्त गर्ने निर्णय गरेको हो।
शाहीले बिहीबार शपथ खानेछन्।
शाहीले गत निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट दैलेख निर्वाचन क्षेत्र नं. २ (ख)बाट चुनाव लडेका थिए। उनी झिनो मतान्तरले पराजित हुनपुगेका थिए।
शाही २०७६–०७८ मा कर्णाली प्रदेश योजना आयोग सदस्य रहिसकेका छन्। माओवादी प्रवेश गर्नुअघि उनी नेकपा एमालेको अर्थ तथा योजना विभागको सचिव भएर काम गरेका थिए।
उनी त्रिभुवन विश्वविद्यालयबाट भूगोल र अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् भने भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयबाट क्षेत्रीय विकासमा एमफिल गरेका छन्।
चैत ८, २०७९, बुधबार
प्रतिक्रिया