कर्णाली


‘कर्णाली उत्सव’आजदेखि

‘कर्णाली उत्सव’आजदेखि

नेपालखबर
फागुन ५, २०७९ शुक्रबार ८:५४, काठमाडौँ

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’को चौथो संस्करण आजदेखि सुरु हुँदैछ। 

आयोजक ऋति फाउण्डेसनका संयोजक कमल लम्सालका अनुसार यही ७ गतेसम्म हुने उक्त उत्सव सरोकारवालालाई प्रश्न र उत्तर गर्ने माध्यमका रुपमा लिइएको छ।

‘कर्णालीका विभिन्न क्षेत्र समेटिने गरी ५० भन्दा बढी सवालमा छलफल गरिसकेका छौँ।’ उनले भने। विचारको बहसबाट साझा विवेक र चेतनाको विकास भएको उनको भनाइ छ। कर्णालीको समग्र क्षेत्र समेटिने गरी कार्यक्रमको ढाँचा तयार गरिएको लम्सालले बताए। 

उत्सवको सवाल तथा विषयवस्तु तयारी टोलीका संयोजक प्रकाश लामिछानेले १६ भन्दा बढी सत्रमा ६० भन्दा बढी वक्ता बोल्ने कार्यक्रम रहेको बताए।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले उत्सवको उद्घाटन तथा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले आमन्त्रितलाई स्वागत गर्नेछन्। 

पहिलो दिनको सत्रमा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले चौथो संस्करणसम्म आइपुग्दा, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हामी कसरी जोडियौँ? भन्ने विषयमा आफ्नो प्रस्तुति राख्ने कार्यक्रम छ। तातोपानी निवासी नारायणी चौलागाईले कर्णाली उत्सवदेखि लाम्रा संवादसम्मको विषयवस्तु राखेपछि निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेलले निर्वाचन र लोकतन्त्रका विषयमा प्रवचन दिने कार्यक्रम छ।

‘कर्णाली चिन्तन’ शीर्षकमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंह वक्ता रहेका छन्। 

दोस्रो, तेस्रो, चौथो र पाँचौँ सत्रमा क्रमश ‘कर्नाली खेल्दो छ’, ‘यो सहर–त्यो रहर’, ‘भोट र भेट’, ‘शिक्षा र समर्पण’ शीर्षकमाथि बहस हुँदा विभिन्न क्षेत्रसँग सम्बन्धित दश वक्ताले भाग लिनेछन्। पहिलो दिन कर्णालीको पैकेलो (नायक)का रुपमा गायक सुरज पण्डितलाई उत्सवमा सम्मान गरिनेछ। साँझमा साङ्गीतिक साँझ कार्यक्रम गरिने आयोजकले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad