कर्णाली


कर्णालीका पूर्व मुख्यमन्त्रीको आग्रह : भूकम्पको हल्ला फैलाउनेलाई कारबाही होस्

कर्णालीका पूर्व मुख्यमन्त्रीको आग्रह : भूकम्पको हल्ला फैलाउनेलाई कारबाही होस्

नेपालखबर
माघ १६ , काठमाडौँ

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले भूकम्पको हल्ला फैलाउनेलाई कानुनी कारबाहीमा ल्याउन स्थानीय प्रशासनसमक्ष माग गरेका छन्। 

हिमाली जिल्लाहरु हुम्ला, जुम्ला र मुगुमा भूकम्पको हल्ला फैलाएपछि गए रातिदेखि स्थानीयहरू त्रसित भएका छन्। हुम्ला प्रशासनका अनुसार एकजना धामीले उक्त हल्ला फैलाएका थिए भने उनको खोजी कार्य भइरहेको छ। 

कांग्रेस नेता समेत रहेका पूर्व मुख्यमन्त्री शाहीले नागरिकहरूमा त्रास बढेको भन्दै यस्ता भ्रमात्मक हल्लाको पछि नलाग्न समेत आग्रह गरेका छन्। शाहीको गृह जिल्ला पनि हुम्ला हो।

‘भूकम्पको पूर्वानुमान तथा भूकम्प जाने सम्वन्धी पूर्व जानकारी हुने कुरा पूर्ण हल्ला मात्र हो! यस्ता भ्रमात्मक हल्लापछि नलाग्न र आफ्नो घरभित्र सुरक्षित बसोबास गरी जाडोबाट जोगिएर आफ्नो जिउधनको सुरक्षा गर्न सम्पूर्णलाई अनुरोध गर्दछु’ उनले भनेका छन्, ‘यस्ता भ्रामक समचार सम्प्रेषण गरी समाजमा त्रासदीपूर्ण वातावरणको सृजना गर्ने जो कोहीलाई खोजविन गरी कानूनी कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसमक्ष माग गर्दछु!’

माघ १६, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.