नेपाली सेनाले कर्णाली र सुदूरपश्चिममा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ४१ जना सुत्केरीको हेलिकप्टरबाट उद्दार गरेको छ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतले ४१ सुत्केरी महिलाहरुलाई हेलीबाट उद्दार गरेको हो।
गत साउन यता कर्णालीका ९ र सुदूरपश्चिमका ६ जिल्लाका ४१ जना सुत्केरी महिलाहरुलाई हेलिकप्टरमार्फत उद्दार गरिएको हेडक्वाटरको अर्धवार्षिक कार्यप्रगति विवरणमा उल्लेख छ।
मेजर रेनु शाहका अनुसार जसमा कर्णालीका २६ र सुदूरपश्चिमका १५ जना रहेका छन्। जसमध्ये कर्णालीका डोल्पाबाट चार, मुगुबाट दुई, दैलेखबाट छ, हुम्लाबाट दुई, रुकुमबाट तीन जना रहेका छन्। जुम्लाबाट एक, कालिकोटबाट तीन, जाजरकोटबाट पाँच सुत्केरीको उद्दार गरिएको छ।
यस्तै, सुदूपश्चिमको बैतडीका एक, डोटीका दुई, डडेल्धुराका एक, बाजुराका तीन, दार्चुलाका चार र अछामका चार महिलाको हवाइ उद्दार गरिएको हो।
यस्तै, सेनाले गत असोजमा परेको अविरल वर्षाका कारण आएको बाढीमा परि घाइते भएका १४ जनाको हेलिबाट उद्दार गरेको छ भने १४ हजार सात सय ३५ केजी राहत सामग्री हेलिकप्टरमा मार्फत प्रभावित क्षेत्रमा पुर्याएको जनाएको छ।
प्रतिक्रिया