ad ad

बागमती


बागमती प्रदेश : एकीकृत समाजवादीले अझै चयन गर्न सकेन संसदीय दलको नेता

बागमती प्रदेश : एकीकृत समाजवादीले अझै चयन गर्न सकेन संसदीय दलको नेता

नेपालखबर
माघ १५, २०७९ आइतबार १९:२५, हेटाैँडा

बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीले संसदीय दलको नेता अझै चयन गर्न सकेको छैन। 

प्रदेश सभामा १३ जिल्लाबाट ७ राजनीतिक दलहरुले प्रतिनिधित्व गरेका छन्। जसमध्ये हालसम्म ६ दलले संसदीय दलको नेता चयन गरिसक्दा एकीकृत समाजवादीले अझै अलमल गरेको हो। 

प्रदेशमा प्रतिनिध्त्वि गर्ने नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीले प्रदेश संसदीय दलको नेता चयन गरिसकेका छन्।

बागमतीमा एकीकृत समाजवादीको ७ सिट रहेको छ। पार्टीभित्रकै आन्तरिक विवादका कारण संसदीय दलको नेता चयन प्रक्रिया अलमलमा परेको एकीकृत समाजवादीका एक प्रदेश सांसदले नेपालखबरलाई बताए।

देशका ६ वटै प्रदेशको संसदीय दलका नेता चयन भैसके पनि बागमतीमा भने अझै संसदीय नेता चयन हुन नसकेको हो। 

दलको नेता बन्न सातै जना बीचमै हानाथाप रहेको बुझिएको छ। सहमति गर्न खोज्दा ढिला भइरहेको ती सांसदले बताए।

११० सांसद रहेको बागमतीमा एमालेका २७, नेपाली कांग्रेस ३७, माओवादी केन्द्र २१, एकीकृत समाजवादी ७, राप्रपा १३, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .