कर्णाली


कर्णालीका तेस्रो मुख्यमन्त्री बन्दै माओवादीका शर्मा

कर्णालीका तेस्रो मुख्यमन्त्री बन्दै माओवादीका शर्मा

फाइल।


नेपालखबर
पुस २५, २०७९ सोमबार ७:३४, काठमाडौँ

कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्री रूपमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा बन्ने निश्चित भएका छन्। 

आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले कर्णालीमा माओवादीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेसँगै शर्मा मुख्यमन्त्री बन्ने निश्चित भएको हो। 

रुकुम पश्चिम प्रदेश सभा (२) बाट निर्वाचित शर्मा पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएर निर्वाचित भएका हुन्। 

पुष १३ गते बसेको माओवादीको प्रदेश कमिटीको बैठकले शर्मालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो।  

१३ सिट सहित दोस्रो स्थानमा रहेको माओवादीले दोस्रो पटक पनि सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको हो। 

०७४ मा पनि १३ सिट सहित दोस्रो स्थानमा रहेको माओवादीका महेन्द्रबहादुर शाही एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

मुख्यमन्त्री माओवादीले पाएपछि एमालेले सभामुख पाउने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad