द एयरपोर्ट अथोरिटी अफ हङकङ (एएएचके)ले आफ्नो तीन अर्ब डलरको बन्ड बिक्रीमा अत्यधिक चासो पाएको छ। एसियाकै ठूलो ट्रान्सपोर्ट हबमध्येको एक रहेको सहरको कोभिड यात्रा कडाइ हटाएपछि लगानीकर्ताहरु उत्साहित भएका हुन्।
चार किस्ताको विमानस्थल सञ्चालकको पहिलो अमेरिकी डलरको ऋणपत्र बिक्री एकै वर्षमा आठ गुणाभन्दा धेरै बिक्री भएको हो। शुक्रबार मात्रै उसले २६ अर्ब डलरको अर्डर संकलन गरेको स्रोतले जनाएको छ। जुन नयाँ वर्षको पहिलो हप्तामा एक एसियाली ऋणपत्र जारीकर्ताले पाएको एक ठूलो अर्डर हो।
दुई दिनअघि मात्रै हङकङ र मूलभूमि चीनबीचको यात्रामा गरिएको कडाइ फुकुवापछि लगानीकर्ताबाट ठूलो अर्डर आएको हो। हङकङलाई आर्थिक मन्दीमा डो¥याइरहेको तीन वर्ष लकडाउनको अन्तिम अवशेषका रुपमा रहेको उक्त कोभिड कडाइ हटाउँदा यस्तो सुखद परिणाम आएको मानिसहरुले बताएका छन्।
हङकङको विमानस्थलमा यात्रु ९४ प्रतिशतले घटेर गत वर्ष ४० लाखमा सीमित भएका थिए। जुन संख्या पहिलोपटक कोभिड महामारीअघि सन् २०१९ मा ७ करोड १५ लाख रहेको थियो। आगामी आइतबारदेखि कम्तीमा ६० हजार मानिसलाई क्वारेन्टिनमा बस्नु नपर्ने गरी हङकङ–शेञ्जेन सीमा पार गर्न दिइनेछ। कुल सात भूमि, जल र हवाइ चेकपोइन्टले अब नियमित रुपमा दुईतर्फी यात्रालाई सहजीकरण गर्ने स्थानीय अधिकारीले जनाएका छन्।
त्रिवर्षीय अमेरिकी ट्रेजरी रेट (टी प्लस ७०) माथि ७० आधार विन्दुमा ५० करोड डलरको तीन वर्षे किस्ता दिइनेछ, यसअघिको कार्यविधि भने ३५ आधार विन्दुको कसिलो थियो।
पञ्चवर्षीय कुल किस्ता १ अर्ब अमेरिकी डलरको छ जुन टी प्लस ९० मा अफर गरिनेछ जुन कार्यविधिअनुसार ४५ आधारविन्दुले कसिलो रहेको स्रोतले जनाएको छ। यो किस्ता हरित ऋणपत्र हो जुनचाहिँ विशेषगरी वातावरणमैत्री परियोजनाका लागि प्रयोग गर्न महत्वपूर्ण हुनेछ। जस्तो कि प्राविधिक अपग्रेड र तत्जन्य इन्स्टलेसन जसले कम ऊर्जा प्रयोगबाट प्रदूषण घटाउन सहयोग गर्छन्।
सातवर्षे किस्ता रहेको ७० करोड डलरको ऋणपत्र टी प्लस ११५ मा उपलब्ध हुनेछ जुन सुरुवाती कार्यविधिबाट ४५ पिप्सले कसिलो रहेको छ। १० वर्षे ८० करोड डलरको किस्ता टी प्लस १२५ मा अफर गरिनेछ जुन अघिल्लो कार्यविधिबाट ५० आधारविन्दुले कसिलो रहेको छ।
‘थप कारोबारको सफलताले बलियो बजार पृष्ठभूमिलाई देखाउँछ र चीनसँगको सीमा खुल्ला हुँदै गर्दा हङकङमा लगानीकर्ताको विश्वास बलियो भएको देखाउँछ’, यससम्बन्धी सम्झौताको नेतृत्व गरिरहेका एक बैंकरले नाम उल्लेख नगर्ने शर्तमा भने।
सन् २०२३ को सुरुवाती हप्तामा ठूलो निश्चित आय राखिएको यो सम्झौतामा यूबीएस, एचएसबीसी, स्ट्यान्डर्ड चार्टर्ड, बैंक अफ अमेरिका र जेपी मोर्गनजस्ता आधा दर्जन बैंकहरुले सहकार्य गरेका छन्।
यसमा लगानी गर्नेहरुमा भने धेरैखाले असेट मेनेजर, इन्स्योरर, बैंकहरु, फन्ड हाउसहरु रहेको स्रोतले बतायो। यो उक्त विमानस्थल प्राधिकरणको दोस्रो डलर ऋणपत्र बिक्री हो। यसअघि सन् २०२२ जनवरीमा उसले ४ अर्ब डलर उठाएको थियो।
अहिलेको अफरले लगानीकर्ताबाट गत वर्षभन्दा उच्च माग प्राप्त गरेको छ। साउथ चाइना मर्निङ पोस्टबाट
प्रतिक्रिया