कर्णाली


कोभिड-१९ को नयाँ भेरियन्टको त्रास बढ्यो

कोभिड-१९ को नयाँ भेरियन्टको त्रास बढ्यो

नेपालखबर
पुस २०, २०७९ बुधबार १६:५, सुर्खेत

जिल्ला प्रशासन कार्यलय सुर्खेतले कोभिड—१९ को नयाँ भेरियन्टको त्रास बढेसँगै सुर्खेतमा भने पुनः स्वास्थ्य सजगता अपनाउन आग्रह गरेको छ।

बुधबार बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले छिमेकी मुलुक भारतलगायतमा कोभिडको नयाँ भेरियन्ट (वी एफ—७) भित्रिएको समाचार आइरहेको बेला कर्णालीको प्रवेशद्वारसँगै सुर्खेतमा पुनः स्वास्थ्य सजगता अपनाउन आग्रह गरेको हो। 

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कोभिडको नयाँ भेरियन्टको त्रास बढेको बेला पुनः स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरे। 

उनले हात धुने बानी, मास्क लगाउन, सेनिटाइजरको प्रयोग गर्न छोडिएको, भीडभाड बढेको हुँदा अब पुनः स्वास्थ्य सतर्कता आउनुपर्ने बेला आएको बताए। 

साथै रिजालले सूचना र सन्देश प्रसारण गरेर सर्वसाधारणलाई सजग गराइदिन संचार माध्यमहरुसँग आग्रह गर्दै उद्योगी व्यवसायीलाई पनि स्वास्थ्य सतर्कता अपनाएर व्यापार व्यवसाय गर्न सुझाव दिए। 

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले कोभिडको जोखिम कम भएका कारण परीक्षण, खोप, बजेटलगायत सवै आवश्यक बस्तुहरु पनि अहिले कम हुँदै गएको जनाएको छ।

कार्यालयका निमित्त प्रमुख गणेशभक्त गौतमले सुर्खेतमा अहिले ३९० डोज मात्र भेरोसेल खोप भएको जानकारी दिँदै कोभिडको नयाँ जोखिम आएकोले विगतको पूर्वाधार पुनः तयार गर्नुपर्ने बेला आएको बताए।

उनले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरे। 

प्रदेश आपूर्ति कार्यालयका प्रमुख डा. शक्ति सुवेदीले कर्णाली प्रदेशभर ४० हजार सिंगल डोज खोप, परीक्षणका लागि २७ हजार थान एन्टिजेन कीट, सवा ३ लाख थान सिर्जकल मास्क र ६० हजार थान एन-९० मास्क, ४७५ थान अक्सिजन सिलिण्डर, ८१ थान अक्सिजन कन्सन्ट्रेटर र २ लाख ट्याव्लेट पारासिटामोल मौज्दात अवस्थामा रहेको जानकारी दिए।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले वीरेन्द्रनगरमा अहिले पनि कोभिड परीक्षण र खोप लगाउने काम भइरहेको बताउँदै नागरिकलाई कोभिडको नयाँ जोखिम आएको हुँदा स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad