जिल्ला प्रशासन कार्यालय सुर्खेतले देउसीभैलो कार्यक्रम बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्रै खेल्नका लागि समय तोकेको छ।
तिहारको समयमा दियो, मैनबत्ती, पालाहरु बाल्ने एवम् विद्युतीय उपकरणहरु प्रयोग गरी दीपावली मनाउँदा आगजनीजस्ता विपदजन्य घटना हुन सक्ने भएकाले सोतर्फ सचेत रहनसमेत प्रशासनको अनुरोध छ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाभर पटाका, आतसबाजी जस्ता प्रज्वलनशील पदार्थको ओसारपसार नगर्न तथा नपड्काउन अनुरोध गरेको छ। दीपावली तथा छठपर्व नजिकिएसँगै उक्त कार्य गरेको पाइएको खण्डमा प्रशासनले कारबाही गर्ने जनाएको छ।
प्रशासनले उक्त कार्य नगर्न अनुरोधसमेत गरेको र कसैले सूचना अवज्ञा गरी कानुनविपरीतका कार्य गरे वा गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। रासस
Shares

प्रतिक्रिया