ग्लोबल


तीव्र वेगको हुरी आउँदा गंगा नदीमा पल्टियो १४ जना सवार डुंगा

तीव्र वेगको हुरी आउँदा गंगा नदीमा पल्टियो १४ जना सवार डुंगा

नेपालखबर
जेठ १४, २०८३ बिहिबार १०:५९, काठमाडौँ

बिहीबार बिहान पटनाको गंगा नदीमा डुङ्गा पल्टिएको छ।

पटना जिल्ला प्रशासनले अहिलेसम्म दुई जनाको शव निकालिएको बताएको छ।

अरु सात जनाको उद्धार गरिएको छ भने पाँच जना अझै बेपत्ता छन्। उद्धार जारी छ।

प्रशासनका अनुसार बिहीबार बिहान ५:४५ बजेतिर बाढ उपविभागको उमानाथ घाटनजिकै बिन्द टोलीबाट सो डुंगामा १४ जना समस्तीपुर जिल्लाको मोहिउद्दीननगरको सुल्तानपुर डायरातर्फ जाँदै थिए। 

मानिसहरू प्रायः लौका टिप्न र अन्य कृषि उद्देश्यका लागि त्यहाँ जान्छन्।

फर्कने क्रममा तीव्र हुरीका कारण समस्तीपुरको सुल्तानपुर डायरा नजिकै डुङ्गा पल्टिएको हो।

यो समाचार लेख्दासम्म सात जनाको उद्धार गरिएको छ भने पाँच जना अझै बेपत्ता छन्। अहिलेसम्म दुई जनाको शव निकालिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad