ग्लोबल


२०२४ मा विश्वभर १ हजार ५१८ जनालाई मृत्युदण्ड

२०२४ मा विश्वभर १ हजार ५१८ जनालाई मृत्युदण्ड

यमनमा मृत्युदण्ड सुनाइएका भारतीय नर्स निमिषा प्रिया आफ्ना श्रीमान्‌सँगको तस्बिरमा।


नेपालखबर
असार २८, २०८२ शनिबार ७:२६, काठमाडौँ

विश्वका कतिपय मुलुकमा अझै मृत्युदण्ड दिने प्रावधान छ।  

एम्नेस्टी इन्टरनेसनलका अनुसार गत वर्ष सन् २०२४ मा विश्वभर १ हजार ५१८ जनालाई मृत्युदण्ड दिइएको छ।

यो तथ्यांक सन् २०२३ को तुलनामा ३२ प्रतिशत बढी हो भने सन् २०१५ पछिकै उच्च। 

सबैभन्दा धेरै मृत्युदण्ड इरानमा कम्तीमा ९७२ जनालाई दिइएको एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनमा उल्लेख छ। यीमध्ये ३० जना महिला थिए।

यसपछि सन् २०२४ मा साउदी अरेबियाले ३४५ जना र इराकले ६३ जनालाई मृत्युदण्ड दिएको छ। 

अझ यसमा चीन, भियतनाम र उत्तर कोरियाको तथ्यांक छैन, तर त्यहाँ मृत्युदण्ड सामान्य मानिन्छ।

यमनमा भारतीय नर्स निमिषा प्रियालाई यही जुलाई १६ मा फाँसी दिइने भएकाले यो कुरा चर्चामा आएको हो। 

भारत सरकारका अनुसार यसअघि विश्वका ८ देशमा ४९ भारतीय नागरिकलाई मृत्युदण्ड दिइएको छ। यीमध्ये संयुक्त अरब इमिरेट्स (यूएई) मा मात्र २५ भारतीयलाई फाँसी दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad