ग्लोबल


सोनम र राजले प्रहरीसमक्ष भने: हो, हामी एकअर्कालाई प्रेम गर्छौँ

सोनम र राजले प्रहरीसमक्ष भने: हो, हामी एकअर्कालाई प्रेम गर्छौँ

प्रेमी राज कुशवाहा र राजा रघुवंशीकी पत्नी सोनम


नेपालखबर
असार १२, २०८२ बिहिबार ६:४६, काठमाडौँ

भारतीय युवक राजा रघुवंशी हत्या प्रकरणमा पक्राउ परेका उनकै पत्नी सोनम रघुवंशी र राज कुशवाहाले प्रहरीसमक्ष पहिलोपटक आफूहरूबीच प्रेम सम्बन्ध रहेको स्वीकार गरेका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार हत्याका मुख्य अभियुक्त सोनम र उनका प्रेमी राज कुशवाहाले पहिलोपटक शिलोङ प्रहरीको अगाडि आफ्नो प्रेम सम्बन्ध स्वीकार गरेका हुन्। साथै उनीहरूले अपराध पनि स्वीकार गरेका छन्।

शिलोङका एसपी विवेक श्यामले पुष्टि गरे, ‘दुवैले एकअर्कालाई माया गर्ने बताएका छन्। हामीसँग बलियो प्रमाण छ। उनीहरूले अपराध स्वीकार गरेका छन्, त्यसैले संकीर्ण विश्लेषणको आवश्यकता छैन।’

इन्दौरबाट प्रहरीले सोनमको अवैध पेस्तोल र ५० हजार रुपैयाँ नगद पनि बरामद गरेको छ। यी सबै चिज सोनमको झोलामा थिए।

मे २३ मा मेघालयको सोहराको वैसादेममा राजा रघुवंशीको हत्या गरिएको थियो। यस घटनाका मुख्य अभियुक्त सोनम, राज कुशवाहासहित पक्राउ परेका ८ जनासँग प्रहरीले सोधपुछ गरिरहेको छ।

भारतीय प्रान्त मध्य प्रदेशस्थित इन्दौरका राजा रघुवंशी र सोनमबीच मे ११ मा विवाह भएको थियो।

यसपछि उनीहरू हनिमुन मनाउन भनेर मे २१ मा मेघालयको शिलोङ पुगेका थिए। तर उनीहरू मे २३ देखि परिवारसँग एकाएक सम्पर्कविहीन भए।

यसपछि खोजीका क्रममा प्रहरीले राजा रघुवंशीलाई जुन २ मा पहाडको खोँचभित्र मृत अवस्थामा फेला पार्‍यो। तर त्यतिबेला सोनम भेटिइनन्।

अन्तत: उनी १७ दिनपछि जुन ९ मा गाजीपुरमा फेला परिन्। त्यसपछि घटना पर्दाफास भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad