ad ad

ग्लोबल


प्रविधिको गडबडीले दिल्लीको तापक्रम ५२‍.९ डिग्री सेल्सियस देखाएको शंका, अनुसन्धान गर्दै मौसम विभाग

प्रविधिको गडबडीले दिल्लीको तापक्रम ५२‍.९ डिग्री सेल्सियस देखाएको शंका, अनुसन्धान गर्दै मौसम विभाग

नेपालखबर
जेठ १७, २०८१ बिहिबार १४:२४, काठमाडौँ

बुधबार साँझ भारतको राजधानी दिल्लीमा तापक्रम ५२.९ डिग्री सेल्सियस पुगेको समाचार सार्वजनिक भयो। जुन तापक्रम भारतमा अहिलेसम्मकै उच्च भएको बताइयो।

तर, मौसम विभाग र विज्ञान मन्त्रालयले दिल्लीको तापक्रम यति उच्च थियो वा थिएन भन्नेमा शंका व्यक्त गरेका छन्। उनीहरूले विज्ञप्ति जारी गरी यस्तो तथ्यांक आउनुमा सेन्सरको खराबी हुन सक्ने सम्भावना व्यक्त गरेका छन्।

विज्ञप्तिमा मंगेशपुरको तापक्रम ५२ दशमलव ९ डिग्री रेकर्ड हुनुको एउटा कारण सेन्सरको खराबी हुनसक्ने उल्लेख छ। मौसम विभागले सेन्सर र डेटा जाँच गरिरहेको बीबीसी हिन्दीले लेखेको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘वर्ष २०२२ मा मौसम विभागले स्वचालित मौसम स्टेसनहरू स्थापना गरेको थियो र १५ नयाँ स्थानमा यी स्टेसन राखिएका थिए। यसबाहेक ५ वटा विभागीय अब्जरभेटरी (बेधशाला) छन्। मे २९, २०२४ मा यी अब्जरभेटरी र १५ स्वचालित मौसम स्टेसनमा तापमान ४५.२ डिग्रीदेखि ४९.१ डिग्री सेल्सियस थिए।’

अगाडि भनिएको छ, ‘मंगेशपुरमा ५२ दशमलव ९ डिग्री तापक्रम रेकर्ड गर्नु बिलकुलै फरक कुरा हो। सेन्सरको खराबीका कारण यस्तो भएको हुन सक्छ वा तापक्रम बढ्नुको कारण स्थानीय तत्त्व पनि हुनसक्छ। मौसम विभागले यसबारे अनुसन्धान गरिरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .