ad ad

ग्लोबल


दिल्लीस्थित बाल अस्पतालमा मध्यराति आगलागी हुँदा ६ नवजात शिशुको मृत्यु

दिल्लीस्थित बाल अस्पतालमा मध्यराति आगलागी हुँदा ६ नवजात शिशुको मृत्यु

घटनास्थल


नेपालखबर
जेठ १३, २०८१ आइतबार ९:१७, काठमाडौँ

भारतस्थित पूर्वी दिल्लीको विवेक बिहार क्षेत्रको बाल अस्पतालमा मध्यराति आगलागी हुँदा ६ नवजात शिशुको मृत्यु भएको छ।

दिल्ली फायर सर्भिसका अनुसार अस्पतालमा आगलागी भएको जानकारी राति ११.३२ बजे कलमार्फत प्राप्त भएको थियो।

दिल्ली फायर सर्भिसका अधिकारीहरूका अनुसार १२ बालबालिकालाई अस्पतालबाट उद्धार गरिएको थियो तर तीमध्ये ६ जनाको उपचारका क्रममा मृत्यु भएको हो। 

अस्पतालमा अन्य ६ जना बालबालिकालाई भेन्टिलेटरमा राखिएको छ।

आगलागीको कारण भने खुल्न नसकेको दमकल अधिकृत राजेश अटवालले बताएका छन्।

आगलागी अस्पताल नजिकैको भवनमा पनि भएको बीबीसी हिन्दीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .