इरानको इस्लामिक रेभोलुसनसरी गार्ड कोर्प्स (आईआरजीसी) सम्बद्ध तस्निम समाचार एजेन्सीले इरानी अधिकारीहरू अझै अमेरिकासँग अर्को चरणको वार्ताका लागि सहमत नभएको जनाएको छ।
तस्निमका अनुसार ‘अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नाकाबन्दी घोषणा तथा अमेरिकाका अत्यधिक मागका कारण अर्काे चरणको वार्ता हुन नसकेको हो।’
तस्निमले भनेको छ, ‘यो कुरा एक पाकिस्तानी मध्यस्थकर्तामार्फत अमेरिकी अधिकारीहरूलाई रिपोर्ट गरिएको थियो।’
इरानका उपविदेशमन्त्री सइद खातिबजादेहले इरान र अमेरिकाबिच दोस्रो चरणको वार्ताको मिति अझै घोषणा नगरिएको बताएका छन्।
टर्कीको अन्टाल्यामा भएको एक बैठकका क्रममा उनले भने, ‘अमेरिकाको दबदबापूर्ण रबैया नै सम्झौता हुन नदिने बाधा हो।’
अमेरिकाका राष्ट्रपति ट्रम्पले यसअघि शनिबार वा आइतबार इरानसँग अर्काे चरण वार्ता हुने दाबी गरेका थिए।
Shares

प्रतिक्रिया