इरानविरुद्ध युद्धलगायत निर्णयप्रति असन्तुष्टि जनाउँदै अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रदर्शन गरिएको छ।
बीबीसीका अनुसार शनिबार दिनभर न्युयोर्क, वासिङ्टन डीसी, लस एन्जलससहित लगभग अमेरिकाका सबै प्रमुख सहरमा विरोध प्रदर्शन गरिएको हो।

यस क्रममा धेरै जना प्रमुख डेमोक्र्याटिक नेताले सेन्ट पलमा रहेको स्टेट क्यापिटल भवन बाहिर आयोजित विरोधसभालाई सम्बोधन गरेका थिए।
विरोधकर्ताहरूले इरानविरुद्धको युद्ध, आप्रवासन कारबाही र बढ्दो महँगीलगायत राष्ट्रपति ट्रम्पका नीतिको विरोध गरिएको बताएका छन्।
आयोजकहरूले भने, ‘ट्रम्प हामीलाई तानाशाह जस्तै शासन गर्न चाहन्छन्। तर यो अमेरिका हो, यहाँ जनताको शक्ति चल्छ, कुनै नक्कली राजा वा उनका अर्बपति साथीहरूको होइन।’
'नो किंग्स' प्रदर्शन गत जुनमा राष्ट्रपति ट्रम्पको जन्मदिनमा सुरु गरिएको थियो।
Shares

प्रतिक्रिया