ग्लोबल


यस्तो छ इरानले अस्वीकार गरेको अमेरिकाको १५ बुँदे प्रस्ताव

यस्तो छ इरानले अस्वीकार गरेको अमेरिकाको १५ बुँदे प्रस्ताव

नेपालखबर
चैत १२, २०८२ बिहिबार ५:५१, काठमाडौँ

इरानले अस्वीकार गरेको अमेरिकाको १५ बुँदे युद्धविराम प्रस्ताव सार्वजनिक भएको छ। 

एनवाईटीको रिपोर्टअनुसार पाकिस्तानमार्फत अमेरिकाले युद्ध अन्त्यका लागि इरानसमक्ष प्रस्तुत गरेको १५ बुँदे योजना यस्तो छ: 

-इरानको आणविक कार्यक्रम बन्द र आणविक हतियार विकास नगर्ने ग्यारेन्टी 

-युरेनियम संवर्धन सीमित गरिनुपर्ने वा पूर्ण रूपमा रोकिनुपर्ने र स्टक आईएईएलाई हस्तान्तरण गरिनुपर्ने

-ब्यालिस्टिक र क्रुज मिसाइल कार्यक्रम कडा नियन्त्रण वा कटौती

-होर्मुज स्ट्रेट पूर्ण रूपमा खोल्ने र विश्वव्यापी ढुवानीका लागि सुरक्षित बनाउने

-सबै आणविक स्थलमा अन्तर्राष्ट्रिय एजेन्सीको पूर्ण र बिनासर्त पहुँच

-नातान्ज, फोर्डो र इस्फहानजस्ता प्रमुख आणविक आधार सीमित गर्ने वा बन्द गर्ने

-हेजबुल्लाह र अन्य सहयोगी मिलिसियालाई समर्थन कम वा बन्द गर्ने 

-क्षेत्रमा सैन्य गतिविधि र आक्रमण घटाउने

-वार्ता अघि बढाउन निश्चित अवधिको लागि युद्धविराम लागु गर्ने

-भविष्यमा युद्ध दोहोरिन नदिने अन्तर्राष्ट्रिय ग्यारेन्टी

-समुद्री र ऊर्जा पूर्वाधार सुरक्षाको सुनिश्चितता 

-इरानको क्षेप्यास्त्र दायरा र प्रयोग आत्मरक्षाका लागि मात्र सीमित गर्ने

-बदलामा इरानविरुद्धका आर्थिक प्रतिबन्ध पूर्ण वा चरणबद्ध रूपमा हटाउने

-नागरिक आणविक कार्यक्रम र ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग प्रदान गर्ने 

-मध्यपूर्वमा स्थिरता र शान्तिका लागि दीर्घकालीन रोडम्याप कार्यान्वयन गर्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad