इरानसँग युद्ध चलिरहेका बेला अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेका छन्।
मोदी र ट्रम्पबिच फोन संवाद भएको विवरण भारतको विदेश मन्त्रालयले बुधबार सार्वजनिक गरेको हो।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार ट्रम्पसँग प्रधानमन्त्री मोदीले ‘सकेसम्म चाँडो शान्ति पुनर्स्थापना गर्ने’ आफ्नो प्रतिबद्धता दोहोर्याए।
‘हिजो (मंगलबार) हाम्रा प्रधानमन्त्रीलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबाट फोन आयो। दुई नेताले पश्चिम एसियामा विकसित अवस्थाबारे छलफल गरे। प्रधानमन्त्रीले भारतको अडान दोहोर्याउँदै तनावलाई सकेसम्म चाँडो कम गर्न र शान्ति पुनर्स्थापित गर्न भने’, जयसवालले सुनाए, ‘प्रधानमन्त्री मोदीले होर्मुज स्ट्रेट खुला, सुरक्षित र सबैका लागि पहुँचयोग्य रहनु अति आवश्यक छ, किनकि यो विश्वव्यापी शान्ति, स्थिरता र आर्थिक कल्याणका लागि महत्त्वपूर्ण छ।’
जयसवालका अनुसार दुई नेताले यस क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न जारी प्रयासमा सम्पर्कमै रहने सहमति जनाएका छन्।
उल्लेखनीय छ- मंगलबार साँझ अबेर प्रधानमन्त्री मोदीले पनि एक्समार्फत अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरा भएको जानकारी गराएका थिए।
Shares

प्रतिक्रिया