इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानमा आक्रमणका लागि सहयोग गरेकामा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन्।
आइतबार इरानले ब्यालिस्टिक मिसाइल प्रहार गरेका स्थलको भ्रमण गरेपछि नेतन्याहुले ट्रम्पप्रति आभार व्यक्त गरेका हुन्।
बेइत सेमेस भ्रमणका क्रममा उनले पत्रकारहरूसँग भने, ‘म हाम्रा महान् मित्र तथा विश्वकै ठुला नेता डोनाल्ड ट्रम्पलाई विशेष धन्यवाद दिन चाहन्छु, जसले यो संसारलाई बचाउने प्रयासमा हामीसँग सहभागी हुँदै मद्दत गर्नुभयो।’
उनले थपे, ‘हामी आफ्नो सुरक्षाका लागि कदम चाल्छौँ, तर यसो गर्दा हामी धेरैलाई सुरक्षित पनि गर्छौं।’
नेतन्याहुले इरानले आणविक हतियार पायो भने मानव सुमदायकै लागि खतरा हुने बताए।
इरानको क्षेप्यास्त्रबाट ९ इजरायली मारिएको बीबीसीले जनाएको छ।
अमेरिका र इजरायलले शनिबार इरानमा संयुक्त हवाई हमला गर्दा त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित झन्डै ४० जना शीर्ष नेता तथा अधिकारी मारिएका छन्।
जवाफमा इरानले पनि इजरायल तथा अमेरिकी सैन्य अखडा भएका यूएईलगायत खाडी मुलुकमा क्षेप्यास्त्र प्रहार गरिरहेको छ।
यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सबै उद्देश्य पूरा नहुँदासम्म’ इरानमा आक्रमण जारी रहने बताएका छन्।
Shares

प्रतिक्रिया