दिल्ली विधानसभा भवन र लाल किल्लालाई बमले उडाउने धम्की दिइएको छ।
भारतीय अनलाइन दैनिक भास्करका अनुसार सोमबार खालिस्तानी समूहले धम्कीसहितको इमेल पठाएको हो।
सूचना प्राप्त भएपछि सुरक्षा निकाय सतर्क भएका छन् भने विधानसभा भवनभित्र खानतलासी भइरहेको छ।
भवनभित्र खानतलासीका लागि बम स्क्वाड र कुकुर स्क्वाड खटिएका छन्।
अहिलेसम्म कुनै शंकास्पद वस्तु फेला परेको छैन।
लाल किल्लामा पनि सुरक्षा बढाइएको छ।
यसअघि धौला कुआनमा रहेको आर्मी पब्लिक स्कुल र दिल्लीको लोधी रोडमा रहेको वायुसेना बाल भारती स्कुललाई इमेलमार्फत बमोको धम्की दिइएको थियो।
144
Shares

प्रतिक्रिया