अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता गर्ने वा सैन्य कारबाही गर्ने भन्ने कुरा ‘सायद आगामी १० दिनमा संसारले थाहा पाउने’ बताएका छन्।
बीबीसीका अनुसार वासिङ्टन डीसीमा शान्ति बोर्डको उद्घाटन बैठकमा ट्रम्पले इरानसँग भइरहेको वार्ताबारे भने, ‘हामीले अर्थपूर्ण सम्झौतामा पुग्नुपर्छ, नत्र नराम्रा कुरा हुनेछन्।’
हालैका दिनमा अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति बढाएको छ।
यसैबिच स्विट्जरल्यान्डमा अमेरिका र इरानका अधिकारीबिच भएको वार्तामा प्रगति भएको रिपोर्ट आएको छ।
अमेरिकाका डेमोक्र्याटिक सांसद र केही रिपब्लिकन नेताले संसद्को स्वीकृतिबिना इरानमा कुनै पनि सैन्य हमला नगर्न चेतावनी दिइरहेका छन्।
ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुसनरले इरानसँग ‘केही राम्रा बैठक’ गरेको बताएका छन्।
तर उनले यसो पनि भनेका छन्, ‘वर्षौंदेखि यो प्रमाणित भएको छ कि इरानसँग अर्थपूर्ण सम्झौतामा पुग्न सजिलो छैन।’
Shares

प्रतिक्रिया