समाज


जिप दुर्घटनामा घाइते निर्वाचन प्रहरीको हेलिकोप्टरमार्फत उद्धार

जिप दुर्घटनामा घाइते निर्वाचन प्रहरीको हेलिकोप्टरमार्फत उद्धार

फाइल तस्बिर


नेपालखबर
फागुन ८, २०८२ शुक्रबार ९:२१, काठमाडौँ

जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी गम्भीर घाइते भएका निर्वाचन प्रहरीलाई नेपाली सेनाको हेलिकोप्टरमा उद्धार गरी नेपालगन्ज लगिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका हिमा गाउँपालिका–२ का २१ वर्षीय धमेन्द्र रोकायालाई हेलिकोप्टरबाट नेपालगन्ज लगिएको हो जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए। 

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत गुठिचौर–४ का ७० वर्षीय रत्न शाहीलाई समेत थप उपचारका सोही हेलिकोप्टरबाट नेपालगन्ज लगिएको छ।  

सदरमुकाम खलङ्गा बजारबाट कालिकोटको नाग्म बजारतर्फ जाँदै गरेको भे १ ज ८१८ नम्बरको जिप दुर्घटना भएको हो। 

दुर्घटनामा सात जना घाइते भएका छन्। 

प्रहरी नायव उपरीक्षक रेग्मीका अनुसार अन्य घाइते तिला गाउँपालिका–१ की ३५ वर्षीया मेनुका बुढा, पातारासी गाउँपालिका–४ की २१ वर्षीया माया नेपाली, तिला–२ का २१ वर्षीय पारस रावत, तातोपानी–३ की ४८ वर्षीया कुनी सुनार, तातोपानी–२ का जिप चालक लोकेश खड्का र निर्वाचन प्रहरी तिला–२ का टेकेन्द्र रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad