ग्लोबल


बिहारका सांसद पप्पु यादव मध्यराति घरबाटै गिरफ्तार

बिहारका सांसद पप्पु यादव मध्यराति घरबाटै गिरफ्तार

बिहारका सांसद पप्पु यादव (फाइल फोटो)


नेपालखबर
माघ २४, २०८२ शनिबार ८:११, काठमाडौँ

भारतीय राज्य बिहारका सांसद पप्पु यादवलाई शुक्रबार राति प्रहरीले निवासबाटै पक्राउ गरेको छ।

बीबीसीका अनुसार पूर्णियाबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद यादवलाई १९९५ को एक मुद्दाका सम्बन्धमा पटना प्रहरीले शुक्रबार राति उनको मन्दिरी निवासबाट गिरफ्तार गरेको हो। 

पटनाका एसपी सिटी भानु प्रताप सिंहले भने, ‘यो सन् १९९५ को मुद्दा हो। भारतीय दण्ड संहिताको धारा ४१९ (झुटो पहिचान देखाएर ठगी), ४२० (ठगी र बेइमानीपूर्वक सम्पत्ति हस्तान्तरण गर्न प्रेरित गर्ने), ४६८ (ठगीको उद्देश्यले जाली कागजात बनाउने), ४४८ (घरमा घुसपैठ), ५०६ (आपराधिक धम्की) र १२०बी (आपराधिक षड्यन्त्र) अन्तर्गत पक्राउ गरिएको छ।’

उनका अनुसार यो गरदानीबाग प्रहरी चौकीमा जाहेरीपछि अदालतमा मुद्दा चलिरहेको छ। जसमा सांसद यादव उपस्थित हुन आवश्यक थियो, तर उनी निर्धारित मितिमा उपस्थित भएनन्। त्यसैले उनलाई पक्राउ गरिएको हो।

सुरुमा पप्पु यादवले रातको कारण देखाउँदै प्रहरीसँग जान अस्वीकार गरेका थिए। तर पनि प्रहरीले अबेर राति पक्राउ गरेको हो।

केही दिनअघि पटनाको विशेष अदालतले लगभग ३१ वर्ष पुरानो मुद्दामा सांसद पप्पु यादवसहित तीन अभियुक्तको सम्पत्ति जफत गर्न आदेश दिएको थियो।

विनोद बिहारी लालले आफ्नो घर जालसाजीपूर्वक भाडामा लिइएको आरोप लगाउँदै उनीहरूविरुद्ध पटनाको गरदानीबाग प्रहरी चौकीमा जाहेरी दर्ता गराएका थिए। 

उनको घर पप्पु यादवको कार्यालय सञ्चालनका लागि प्रयोग गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad