हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार यतिबेला (शनिबार बिहान) तराई भूभागका धेरै स्थान तथा उपत्यकाहरूमा हुस्सु/कुहिरो लागेको छ भने कोसी प्रदेशलगायत देशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा मौसम आंशिक बदली (पातलो बादल) छ।
दिउँसो र रातिचाहिँ कस्तो होला त मौसम?
यस्तो छ मौसम महाशाखाको प्रक्षेपण-
दिउँसोः तराई भूभागका केही स्थानमा हुस्सु/कुहिरो रहनेछ। कोसी र गण्डकी प्रदेशका हिमाली भूभागमा मौसम साधारणतया बदली (आकाशमा बादल) हुनेछ भने बाँकी स्थानमा मौसम आंशिक बदली हुनेछ। अनि कोसी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
राति: तराई भूभागका थोरै स्थानमा हुस्सु रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा मौसम आंशिक बदली हुनेछ भने बाँकी भूभागको मौसम मुख्यतया सफा (बादल नलाग्ने) रहनेछ। अनि कोसी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
Shares

प्रतिक्रिया