ग्लोबल


अमेरिका र इरानबिच शुक्रबार ओमानमा वार्ता हुने

अमेरिका र इरानबिच शुक्रबार ओमानमा वार्ता हुने

अमेरिकाका विदेशमन्त्री मार्को रुबियो र इरानका विदेशमन्त्री अब्बास अराघ्ची


नेपालखबर
माघ २२, २०८२ बिहिबार ९:५९, काठमाडौँ

इरानका विदेशमन्त्री अब्बास अराघ्चीले अमेरिकासँग आणविक वार्ता शुक्रबार ओमानमा हुने घोषणा गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत अमेरिकासँग आणविक वार्ता गर्न लागिएको जानकारी दिएका हुन्। 

इन्स्टाग्राममा उनले लेखेका छन्, ‘अमेरिकासँग आणविक वार्ता शुक्रबार बिहान १० बजेतिर मस्कट (ओमानको राजधानी) मा हुने तय भएको छ।’

यस क्रममा उनले वार्ताका लागि व्यवस्था मिलाएकामा ओमानप्रति आभार पनि प्रकट गरेका छन्। 

यसअघि अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले इरान यस हप्ता वार्ता चाहन्छ भने अमेरिका तयार रहेको बताएका थिए। 

उनले वार्तामा इरानको आणविक र क्षेप्यास्त्र कार्यक्रमका विषयमा पनि छलफल गरिनुपर्ने बताएका छन्।

यसअघि अमेरिकाका राष्ट्रपति ट्रम्पले इरानमा सैन्य हमला गर्ने चेतावनी दिइरहेका थिए भने इरानले पनि कडा प्रतिकार गरिने बताइरहेको थियो। 

यस क्रममा अमेरिकाले मंगलबार अरब सागरमा एउटा इरानी ड्रोन खसालेको पनि थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad