अमेरिकाको एटलान्टास्थित एमोरी विश्वविद्यालयले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीकी छोरीलाई निष्कासन गरेको छ।
बीबीसी फारसीका अनुसार विश्वविद्यालयका एक संकाय सदस्यले लारिजानीकी छोरी फातिमा अर्देशिर लारिजानीलाई विश्वविद्यालयबाट निकालिएको कुरा पुष्टि गरेका हुन्।
फातिमा अर्देशिर लारिजानी एटलान्टाको एमोरी विश्वविद्यालयमा क्यान्सर अनुसन्धान विभागमा काम गर्थिन्।
केही समयदेखि इरानी सरकारका विरोधीहरूले फातिमाको बर्खास्तगीको माग गर्दै विश्वविद्यालय क्याम्पस बाहिर विरोध प्रदर्शन गरिरहेका थिए।
बिहीबार जर्जियाका अमेरिकी प्रतिनिधि अर्ल कार्टरले फातिमा लारिजानीको बर्खास्तगी र उनको मेडिकल लाइसेन्स खारेज गर्न माग गर्दै विश्वविद्यालय प्रशासनलाई पत्र लेखेका थिए।
यही जनवरीमा अमेरिकाले इरानमा सरकारविरोधी प्रदर्शन दबाउन भूमिका खेलेको आरोप लगाउँदै अली लारिजानीलाई प्रतिबन्ध सूचीमा थपेको थियो।
यसैबिच विदेशमा बस्ने इरानीहरूले इरानमा जारी आन्दोलनको समर्थनमा धेरै देशमा प्रदर्शन गरेका छन् र त्यहाँका सरकारलाई इरानी शासनसँग सम्बन्धित व्यक्तिलाई निष्कासन गर्न माग गरिरहेका छन्।
Shares

प्रतिक्रिया