ग्लोबल


मदुरो कब्जापछि ट्रम्पको नजर ग्रिनल्यान्डतिर

मदुरो कब्जापछि ट्रम्पको नजर ग्रिनल्यान्डतिर

नेपालखबर
पुस २३, २०८२ बुधबार ७:३८, काठमाडौँ

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो कब्जामा लिएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डतिर आँखा लगाएका छन्।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्पले ग्रिनल्यान्डलाई पुनः प्राप्त गर्न सैन्य बलको प्रयोगसहित 'विभिन्न विकल्प'बारे छलफल गरिरहेका छन्।

बीबीसीका अनुसार ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'ग्रिनल्यान्डलाई पुनः प्राप्त गर्नु राष्ट्रिय सुरक्षाका लागि प्राथमिकत हो।'

ट्रम्पले सुरक्षाका लागि अमेरिकालाई ग्रिनल्यान्ड 'आवश्यक छ' भनेर दोहोर्‍याएको तीन दिनपछि ह्वाइट हाउसबाट त्यस्तो विज्ञप्ति आएको हो।

यसप्रति प्रतिक्रिया जनाउँदै डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले अमेरिकाबाट आक्रमण भयो भने नेटोको अन्त्य हुने चेतावनी दिएका छन्।

ह्वाइट हाउसले मंगलबार भनेको छ, 'राष्ट्रपति र उनको टोलीले यो महत्त्वपूर्ण विदेश नीति लक्ष्य हासिल गर्न विभिन्न विकल्पबारे छलफल गरिरहेका छन्। र, निश्चित रूपमा कमान्डर-इन-चिफसामु अमेरिकी सेना परिचालन सधैँ एक विकल्प हो।'

यसैबीच मंगलबारै ६ युरोपेली सहयोगीले डेनमार्कको समर्थनमा विज्ञप्ति जारी गरेका छन्।

'ग्रिनल्यान्ड त्यहीँका जनताको हो र आफ्नो पारस्परिक सम्बन्धसँग सम्बन्धित मुद्दामा डेनमार्क र ग्रिनल्यान्डले पनि निर्णय लिन सक्छन्', बेलायत, फ्रान्स, जर्मनी, इटाली, पोल्यान्ड, स्पेन र डेनमार्कका नेताहरूले संयुक्त विज्ञप्तिमा भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad