ग्लोबल


बंगलादेशमा हिन्दु नेतालाई चुनाव लड्न रोक, गराइयो उम्मेदवारी फिर्ता

बंगलादेशमा हिन्दु नेतालाई चुनाव लड्न रोक, गराइयो उम्मेदवारी फिर्ता

नेपालखबर
पुस २०, २०८२ आइतबार १८:२५, काठमाडौँ

बंगलादेशमा एक हिन्दु नेतालाई चुनाव लड्नबाट रोक लगाइएको छ। 

बंगलादेशमा आगामी फेब्रुअरी १२ मा आम निर्वाचन हुँदै छ।

त्यसका लागि गोविन्द चन्द्र प्रमाणिकले गोपालगन्ज-३ मा उठ्न उम्मेदवारी दर्ता गराएका थिए।

तर निर्वाचन अधिकारीले शनिबार उनको मनोनयन फिर्ता गराएका हुन्।

पूर्वप्रधानमन्त्री शेख हसिना गोपालगन्ज-३ बाटै निर्वाचित सांसद थिइन्। जहाँ ५० प्रतिशतभन्दा बढी मतदाता हिन्दु छन्। गोविन्द स्वतन्त्र रूपमा चुनाव लड्न चाहन्थे। 

उनी पेसाले वकिल हुन् र बंगलादेश जातीय हिन्दु महाजोत (बीजेएचएम) का महासचिव हुन्। बीजेएचएम २३ वटा हिन्दु संस्थाको गठबन्धन हो।

मिडिया रिपोर्टका अनुसार, बंगलादेशमा एउटा प्रावधान छ- जसअन्तर्गत स्वतन्त्र उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रका १ प्रतिशत मतदाताको हस्ताक्षर लिनुपर्ने हुन्छ।

गोविन्दले त्यो नियम पालना गर्दै १ प्रतिशत मतदाताको हस्ताक्षर लिए, तर पछि ती मतदाताहरू निर्वाचन अधिकृतकहाँ आए र भने, 'हाम्रो हस्ताक्षर लिइएकै छैन।'

गोविन्दले खालिदा जियाको बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकर्ताहरूले मतदाताहरूलाई त्यसो गर्न दबाब दिएको आरोप लगाएका छन्।

अनि निर्वाचन अधिकृतले पछि सबै हस्ताक्षर अमान्य घोषणा गर्दै उनको मनोनयन रद्द गरे।

जित्नेमा विश्वस्त थिए प्रमाणिक

नोभेम्बर २४ मा बंगलादेशमा सिख समुदायको कार्यक्रममा गोविन्द चन्द्र प्रमाणिक।

गोविन्दले आफू जित्ने कुरामा विश्वस्त भएकाले स्वतन्त्र रूपमा चुनाव लड्न चाहेको दाबी गरेका छन्।

उनका अनुसार गोपालगन्जका ३ लाख मतदातामा ५१ प्रतिशत हिन्दु छन्।

बीएनपीले यहाँ जित्ने कुनै सम्भावना नभएकाले आफूलाई चुनाव लड्नबाटै रोकेको आरोप उनले लगाएका छन्।

उनले भने, ‘म निर्वाचन आयोगमा उजुरी गर्नेछु। यदि न्याय पाइनँ भने म अदालत पनि जानेछु।’

बंगलादेशी अखबार द डेली स्टारका अनुसार, गोविन्दले डिसेम्बर २८ मा आफ्नो मनोनयन दर्ता गराएका थिए। त्यतिबेला उनले आफ्नो कुनै पनि राजनीतिक दलसँग सम्बन्ध नभएको र कहिल्यै राजनीतिमा सक्रिय नभएको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad