ग्लोबल


पाकिस्तानी सभामुखको दाबी: जयशंकर आफैँ मसँग हात मिलाउन आए

पाकिस्तानी सभामुखको दाबी: जयशंकर आफैँ मसँग हात मिलाउन आए

नेपालखबर
पुस १८, २०८२ शुक्रबार १७:१०, काठमाडौँ

पाकिस्तानी संसदका सभामुख अयाज सादिकले भारतका विदेशमन्त्री जयशंकर आफैँ आफूसँग हात मिलाउन आएको दाबी गरेका छन्।

यो कुरा गत डिसेम्बर ३१ मा ढाकामा बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको अन्त्येष्टि गर्ने दिनको हो।

अयाज सादिकले बुधबार राति एक निजी टीभी च्यानलसँग भने,'उनी आफैँ मेरो नजिक आए र नमस्ते भने। म उठेँ, उनले आफ्नो परिचय दिए र मुस्कुराउँदै हात मिलाए। मैले आफ्नो परिचय दिन लाग्दा उनले भने- म तपाईंलाई चिन्छु, परिचय आवश्यक छैन।'

जहाँ नेपाल, भुटान र माल्दिभ्सका प्रतिनिधि पनि उपस्थित थिए। मे महिनामा भारत र पाकिस्तानबीच भएको अपरेसन सिन्दूरपछि दुई देशका वरिष्ठ नेताहरूले आमनेसामने भेटेर हात मिलाएको यो पहिलोपटक थियो। त्यसैले यो भेटलाई कूटनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ।

यो भेटलाई किन महत्त्वपूर्ण मानिन्छ भने गत सेप्टेम्बरमा एसिया कपको समयमा भारतीय क्रिकेट टोलीले पाकिस्तानी खेलाडीहरूसँग हात मिलाउन अस्वीकार गरेको थियो। यसले दुई देशबीचको तनावपूर्ण सम्बन्धलाई स्पष्ट रूपमा देखाएको थियो।

गत वर्ष अप्रिलमा भारतले कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाका लागि पाकिस्तानलाई दोष दियो र सिन्धु जल सन्धि निलम्बन गर्‍यो। 

यसपछि मे महिनामा भारत र पाकिस्तानबीच चार दिनसम्म युद्ध  भयो। यो घटनापछि दुई देशबीचको सम्बन्ध अत्यन्तै तनावपूर्ण भयो। 

यस्तो अवस्थामा अहिले ढाकामा दुई देशका वरिष्ठ अधिकारीले हात मिलाउनु धेरैका लागि अचम्मको विषय बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad