पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पूर्वपत्नी जेमिमा गोल्डस्मिथले अन्तर्राष्ट्रिय समुदाय ‘अनौठो मौनता’मा बसेको भन्दै आलोचना गरेकी छन्।
केही दिनदेखि सामाजिक सञ्जालमा इमरान खानको बारेमा मृत्युको हल्ला फैलिइरहेका बेला उनले उक्त टिप्पणी गरेकी हुन्।
जेमिमा गोल्डस्मिथले सामाजिक सञ्जाल प्लाटफर्म एक्समा लेखेकी छन्, ‘उनका (इमरान खानका) छोराछोरीलाई उनलाई चिठी पठाउन पनि अनुमति छैन। यो अचम्मलाग्दो छ। र, अन्तर्राष्ट्रिय समुदायले अनौठो मौनतामा बसेको छ।’
गत बुधबारदेखि पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) का नेता इमरान खानबारे पाकिस्तानमा सामाजिक सञ्जालमा विभिन्न अफवाह फैलिइरहेका छन्।
इमरान खानका छोरा कासिम खानले पनि आफ्नो बुबा जीवित रहेको प्रमाण पाकिस्तान सरकारसँग मागेका छन्।
270
Shares

प्रतिक्रिया