उपचाररत बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य नाजुक बनेको छ।
उनलाई भेन्टिलेटरमा राखिएको उनको पार्टी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का नेताहरूले बताएका छन्।
८० वर्षीया खालिदा जियालाई छातीमा संक्रमण भएपछि नोभेम्बर २३ मा एक निजी अस्पतालमा भर्ना गरिएको थियो।
टीबीएसन्युज डट नेटका अनुसार, बीएनपीका उपाध्यक्ष अहमद आजम खानले भने, 'खालिदा जियाको अवस्था बिग्रिएको छ र उनलाई भेन्टिलेटरमा राखिएको छ।'
उनले थपे, 'उनको अवस्था धेरै गम्भीर छ। प्रार्थना गर्नुबाहेक केही गर्न सकिँदैन।'
138
Shares

प्रतिक्रिया