दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको जी२० शिखर सम्मेलनका क्रममा आइतबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीसँग भेट गरेका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार, भेटवार्तामा भारत र इटालीले व्यापार, रक्षा र सुरक्षा लगायत धेरै क्षेत्रहरूमा द्विपक्षीय सम्बन्ध सुदृढ पार्ने बारेमा छलफल भएको छ।
उनीहरूले आतंकवादको कोषसँग लड्न संयुक्त योजनाबारे पनि संवाद गरे।
भेटवार्तापछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री जर्जिया मेलोनीसँगको भेटघाट धेरै राम्रो भएको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, 'भारत-इटाली रणनीतिक साझेदारी निरन्तर बलियो हुँदै गइरहेको छ र हाम्रा देशका जनतालाई धेरै फाइदा पुर्याइरहेको छ।'
69
Shares

प्रतिक्रिया