मेक्सिकोमा सरकारविरुद्ध जेनजी आन्दोलन चर्किएको छ।
बीबीसीका अनुसार शनिबार मेक्सिको सिटीमा भएको सरकारविरोधी प्रदर्शनका क्रममा झडप हुँदा कम्तीमा १२० जना घाइते भएका छन्। जसमा १०० जना प्रहरी पनि छन्।
प्रदर्शनकारीहरूले शनिबार मेक्सिकोको राजधानीमा हिंसात्मक अपराध र राष्ट्रपति क्लाउडिया सेनबाउम सरकारको विरोधमा प्रदर्शन गरेका हुन्। अन्य सहरमा पनि विरोध र्याली भएका थिए।

प्रदर्शनकारीहरूले सेनबाउम बस्ने राष्ट्रिय दरबारमा सुरक्षा ब्यारेक केही भाग तोडेका थिए। परिसरको सुरक्षा गरिरहेका प्रहरीले भिडविरुद्ध अश्रुग्यास प्रयोग गरेका थिए।
मेक्सिको सिटीका सुरक्षा प्रमुख पाब्लो भाज्क्वेजले पत्रकारहरूलाई बताएअनुसार डकैती र आक्रमणलगायत विभिन्न अपराधमा २० जनालाई पक्राउ गरिएको छ।
राष्ट्रपति सेनबाउमले जेनजी आन्दोलनका लागि सरकारविरोधी दक्षिणपन्थी नेताहरूले आर्थिक सहयोग गरेको आरोप लगाएका छन्।
‘जेन जेड’ युवा समूहद्वारा आयोजित आन्दोलनलाई उरुपानका मेयर कार्लोस मान्जोको हत्यासहित हाई-प्रोफाइल हत्याको विरोध गर्नेहरूले समर्थन गरेको बताइएको छ।
यही नोभेम्बर १ मा डेड अफ द डेड फेस्टिवलमा मान्जोलाई गोली हानी मारिएको थियो।
Shares

प्रतिक्रिया