युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको स्वतन्त्रता दिवसको उपलक्ष्यमा शुभकामना दिएकामा मंगलबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्।
जेलेन्स्कीले सामाजिक सञ्जालमा भारतले दिएको शुभकामना सन्देश सार्वजनिक गर्दै आभार व्यक्त गरेका हुन्।
भारतका प्रधानमन्त्री मोदीलाई मेन्सन गर्दै जेलेन्स्कीले एक्समा लेखेका छन्, ‘युक्रेनको स्वतन्त्रता दिवसको न्यानो शुभकामनाका लागि धन्यवाद। हामी शान्ति र संवादप्रति भारतको समर्पणको कदर गर्छौं। अब सम्पूर्ण विश्वले यो भयानक युद्धलाई सम्मान र दिगो शान्तिका साथ अन्त्य गर्न प्रयासरत रहेका बेला हामी भारतको योगदान अपेक्षा गर्छौँ। कूटनीति बलियो बनाउने हरेक निर्णयले युरोपमा मात्र नभई इन्डो-प्यासिफिक र त्यसभन्दा बाहिर पनि राम्रो सुरक्षा सिर्जना गर्छ।’
Thank you, Prime Minister @narendramodi, for the warm greetings on Ukraine’s Independence Day. We appreciate India’s dedication to peace and dialogue. Now, as the entire world strives to end this horrible war with dignity and lasting peace, we count on India’s contribution. Every… pic.twitter.com/FtwkXUhtEH
रुस र युक्रेनबीच तीन वर्षभन्दा बढी समयदेखि युद्ध जारी छ।
अमेरिकाले युद्ध अन्त्यका लागि निरन्तर प्रयास गरिरहेको छ। तर अहिलेसम्म सफल हुन सकेको छैन।
यस विषयमा हालै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्कामा भेटवार्ता गरे पनि ठोस सहमति हुन सकेन।
यसपछि रुस-युक्रेन युद्धबारे ह्वाइट हाउसमा ट्रम्प र युरोपेली संघका देशहरूबीच पनि छलफल भयो। तर कुनै निष्कर्ष निस्केन।
यस विषयमा भारतका प्रधानमन्त्री मोदी र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच पनि पहिले धेरै पटक छलफल भइसकेको छ।
भारतले यसको शान्तिपूर्ण समाधानका लागि अपिल गरेको छ।
Shares

प्रतिक्रिया