ad ad

ग्लोबल


डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि आक्रमण

डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि आक्रमण

फाइल तस्बिर : डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसन


नेपालखबर
जेठ २६, २०८१ शनिबार ७:५१, काठमाडौँ

डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि राजधानी कोपेनहेगनको सडकमा आक्रमण भएको छ।

आक्रमणबाट प्रधानमन्त्री स्तब्ध भएकी छन्।

प्रधानमन्त्री कार्यालयका अनुसार सहरको मध्य भागमा रहेको एउटा चोकमा एक व्यक्तिले प्रधानमन्त्रीलाई कुटपिट गरेका हुन्।

बीबसीका अनुसार आक्रमणकारी पक्राउ परेका छन्।

युरोपेली आयुक्त उर्सुला भोन डर लेयनले यसलाई घृणित कार्य भनेकी छन्।

डेनमार्कका प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै यस घटनाको विवरण दिएको छ।

विज्ञप्तिमा भनिएको छ- शुक्रबार, कोपेनहेगनको कल्चरभेटमा प्रधानमन्त्री मेटे फ्रेडरिकसनलाई एक व्यक्तिले आक्रमण गरेका हुन्। आक्रमणकारी पक्राउ परेका छन्। यो घटनाबाट प्रधानमन्त्री स्तब्ध भएका छन्।

आक्रमणकारीसँग सोधपुछ भइरहेको तर आक्रमणको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .