ad ad

ग्लोबल


अदालतबाट दोषी ठहर ट्रम्प अब राष्ट्रपतिको चुनाव लड्न पाउँछन्?

अदालतबाट दोषी ठहर ट्रम्प अब राष्ट्रपतिको चुनाव लड्न पाउँछन्?

पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प


नेपालखबर
जेठ १८, २०८१ शुक्रबार ९:६, काठमाडौँ

अमेरिकाको न्युयोर्कस्थित एक अदालतले त्यहाँका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई ३४ वटा अभियोगमा दोषी ठहर गरेको छ।

म्यानहटनस्थित अदालतमा बुधबार साढे ९ घण्टा चलेको बहसपछि इजलासले उनलाई फर्जी कारोबारसम्बन्धी कसुरमा दोषी ठहर गरेको हो।

सजाय भने जुलाई ११ मा सुनाइनेछ। उनलाई प्रत्येक अपराधमा जरिवानादेखि ४ वर्षको कैद सजायसम्म हुन सक्नेछ।

यस्तो अपराधमा दोषी ठहर हुनेमा ट्रम्प अमेरिकाको इतिहासमै पहिलो पूर्वराष्ट्रपति हुन्। 

यसैबीच अब उनले राष्ट्रपति चुनाव लड्न पाउँछन् कि पाउँदैनन् भन्ने जिज्ञासा उत्पन्न भएको छ। किनभने उनी आगामी राष्ट्रपतिको निर्वाचन लड्ने तयारीमा छन्। 

बीबीसीका अनुसार अदालतबाट दोषी ठहर भए पनि ट्रम्प यसै वर्ष नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवार बन्न पाउनेछन्। 

किनभने अमेरिकाको संविधानले राष्ट्रपति पदका उम्मेदवारका लागि अपेक्षाकृत न्यूनतम योग्यता चाहिन्छ, जस्तै : कम्तीमा ३५ वर्षको उमेर भएको, संयुक्त राज्यको आजीवन नागरिक भएको र कम्तीमा १४ वर्षसम्म संयुक्त राज्य अमेरिकामा बसेको।

आपराधिक अभिलेख भएका व्यक्तिलाई चुनाव लड्न नदिने कानुन भने अमेरिकामा छैन, जेलमा रहेका व्यक्तिले समेत राष्ट्रपतिको चुनाव लड्न पाउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .