ग्लोबल


कोच्चीमा उड्नै लाग्दा एयर इन्डियाको विमान ‘रनवेमा चिप्लियो’

कोच्चीमा उड्नै लाग्दा एयर इन्डियाको विमान ‘रनवेमा चिप्लियो’

नेपालखबर
भदौ २, २०८२ सोमबार ५:५६, काठमाडौँ

आइतबार राति भारतीय प्रान्त केरलाको कोच्ची विमानस्थलबाट उड्नै लाग्दा एयर इन्डियाको विमानमा प्राविधिक गडबडी देखिएपछि उडान रद्द गरिएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार कोच्चीबाट दिल्लीका लागि उडान भर्नअघि विमानमा प्रावधिक समस्या देखिएपछि उडान रद्द गरिएको कोच्ची इन्टरनेसनल एयरपोर्ट लिमिटेड (सीआईएल) ले जनाएको छ।

एयर इन्डियाले विज्ञप्ति जारी गरी भनेको छ- उडान नम्बर एआई१५०४ मा टेकअफ गर्ने क्रममा प्राविधिक गडबडी पत्ता लागेको थियो। प्रोटोकल पालना गर्दै ककपिट चालक दलले उडान नगर्ने निर्णय गर्‍यो र मर्मतसम्भार जाँचका लागि विमानलाई खाडीमा फिर्ता ल्यायो।

विमानमा एर्नाकुलमका कंग्रेस लोकसभा सांसद हिबी इडेन पनि सवार थिए।

इडेनले फेसबुकमा पोस्ट गर्दै भनेका छन्, ‘विमान एआई१५०४ मा केही असामान्य थियो। यस्तो लाग्यो- विमान रनवेमा चिप्लियो।’ 

विमानमा यात्रु कति थिए भन्ने जानकारी सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad