अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध थप भन्सार महसुल (कर) लगाउने निर्णय फेरि ९० दिनका लागि स्थगन गरेका छन्।
सोमबार ट्रम्पले अमेरिका-चीन करको समयसीमा नोभेम्बर ९ सम्म बढाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
यसअघि मे ११ मा जेनेभामा अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो। यसमा ९० दिनका लागि कर बढाउने निर्णय स्थगन गर्ने सहमति भएको थियो। अमेरिकाले हाल चीनलाई ३० प्रतिशत कर लगाइरहेको छ।
अमेरिका र चीनबीच लामो समय कर युद्ध चलेको थियो। ट्रम्पले चीनविरुद्ध २४५ प्रतिशतसम्म कर लगाउने धम्की दिएका थिए। चीनले पनि अमेरिकाविरुद्ध १२५ प्रतिशत कर लगाउने जवाफ दिएको थियो। यद्यपि, जेनेभा व्यापार सम्झौतापछि यी कर दर लागु भएनन्।
चीनविरुद्ध थप कर लगाउने निर्णय लागु गर्ने समयसीमा बढाउनुअघि सोमबार पत्रकार सम्मेलनमा ट्रम्पलाई पत्रकारले सोध्दा उनले भने, ‘हेरौँ के हुन्छ? उनीहरू धेरै राम्रोसँग काम गरिरहेका छन्। (चीनका) राष्ट्रपति सी चिनफिङसँग मेरो सम्बन्ध धेरै राम्रो छ।’
Shares

प्रतिक्रिया