ad ad

ग्लोबल


चन्द्रमामा अवतरण गर्नै लाग्दा भारतीय चन्द्रयान-२ सम्पर्कविहीन

चन्द्रमामा अवतरण गर्नै लाग्दा भारतीय चन्द्रयान-२ सम्पर्कविहीन

नेपालखबर
भदौ २१, २०७६ शनिबार ३:४,

भारतले चन्द्रमामा पठाएको विक्रम नामक चन्द्रयान-२ सम्पर्कविहीन भएको छ।

चन्द्रमाको सतहमा पुग्न केही किलोमिटर बाँकी रहँदा चन्द्रयानको सञ्चार सम्पर्क टुटेको हो।

चन्द्र सतहभन्दा २ दशमलव १ किलोमिटर नजिक पुगेपछि चन्द्रयानको पृथ्वीमा रहेको नियन्त्रण कक्षसँग सम्पर्क विच्छेद भएको सिएनएनले जनाएको छ।

भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) अध्यक्ष के सिभानले चन्द्रयानसँग सम्पर्क टुटेको पुष्टि गर्दै यस बारे सूचनाहरूको विश्लेषण भईरहेको जानकारी दिए।

भारतीय चन्द्रयान गए राती भारतीय समय अनुसार १ः५५ बजे चन्द्र सतहमा अवतरणको तयारीमा थियो।

भारतको बेङ्लोरस्थित नियन्त्रण कक्षमा बसेका वैज्ञानिकहरु विक्रमको सहज अवतरणको प्रतीक्षा गरिरहँदा यानसँगको सम्पर्क टुटेको हो।

भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धिको हौसला बढाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेंग्लोरमा रहेको इसरोको मुख्यालय पुगेका थिए।

अचानक विक्रम ल्याण्डरसँग सम्पर्क विच्छेद भएपछि वैज्ञानिकहरु निरास भएका थिए।

विक्रम ल्याण्डरसँगको सम्पर्क टुटेपछि प्रधानमन्त्री मोदीले वैज्ञानिकहरुलाई हतोत्साहित नहुन आग्रह गरेका छन्।

मोदीले वैज्ञानिकहरुलाई हौसला दिँदै भने, ‘जीवनमा उतार–चढाव आइरहन्छ। मैले कम्युनिकेसन अफ भैरहेको देखेको थिएँ। तर यो पनि सानो उपलब्धि होइन, देश तपाईँहरुप्रति गर्व गर्दछ। तपाईँहरुको मेहनतले धेरै कुरा सिकाएको पनि छ। मेरो तर्फबाट तपाईँ सबैलाई धेरै बधाई छ। तपाईँहरुले देश र विज्ञानको सेवा गर्दै हुनुहुन्छ। म पूर्ण रुपमा तपाईँहरुको साथमा छु।’

मोदीले वैज्ञानिकहरुलाई आगामी दिनमा पनि अन्तरीक्ष कार्यक्रम जारी राख्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .