ad ad

ग्लोबल


एनआरएनद्वारा ४ सय २८ थान अक्सिजन कन्सनट्रेटर सहयोग, सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने योजना

एनआरएनद्वारा ४ सय २८ थान अक्सिजन कन्सनट्रेटर सहयोग, सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने योजना

नेपालखबर
जेठ २३, २०७८ आइतबार ५:१०,

 गैरआवासीय नेपाली संघले थप ४ सय २८ थान अक्सिजन कन्सनट्रेटर नेपाल पठाएको छ। संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार ती सामान शनिबार काठमाडौं आइपुगेका छन्।

'नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ' अभियान अन्तर्गत विभिन्न राष्ट्रिय समन्वय परिषद्को समन्वयमा ती स्वास्थ्य सामग्री नेपाल पठाइएको हो।

जसमा बेलायतबाट १५०, अष्ट्रेलियाबाट १००, क्यानाडाबाट ७५, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटालीबाट १०, चीनबाट ७ वटा र अन्य सँस्थाबाट ३६ वटा अक्सिजन कन्सनट्रेटर खरीदका लागि आर्थिक सहायता प्राप्त भएको हो ।

चीनस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद् चीनले खरीद प्रकृयामा सहयोग गरेको थियो भने ढुवानी खर्च नेपाल सरकारले ब्यहोरेको थियो ।

यसैगरी, गैरआवासीय नेपाली संघ अफ्रिका क्षेत्रबाट इलामदेखि जुम्लासम्मका विभिन्न १३ जिल्लाका २८ अस्पताल र स्वास्थ्य केन्द्रमा १४५ अक्सिजन सिलिन्डर खरिद सहित११५० रिफिल अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री हस्तान्तरण गरि सकिएको छ भने दुर्गम क्षेत्रमा सिलिन्डर पठाउने अभियान जारी रहेको संघले जनाएको छ ।

विश्वभरीबाट प्राप्त बाँकी आर्थिक सहयोगबाट संघले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरिएको समेत जानकारी क्षेत्रीले जानकारी दिए।
यस अघि मध्यपूर्वमा रहेका नेपालीहरुले अक्सिजन सिलिन्डर नेपाल पठाएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .