यो साता भारतमा थप १० जनासहित विदेशमा ११ नेपालीको निधन भएको गैरआवासीय नेपाली संघले जनाएको छ।
हालसम्म भारतमा मात्रै संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ पुगेको छ।
यो सातामा साउदीमा पनिथप एक जनाको संक्रमणका कारणज्यान गएको हो।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको शनिवार साँझसम्म तयार पारेको तथ्यांकअनुसार भारतसहित विश्वभर २१ मुलुकमा रहेका ३ सय ८२ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार भारत रहेका २० हजारभन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको छ।
तीमध्ये १७ हजारभन्दा बढी कोरोनामुक्त भएका छन्।
अहिलेसम्म विश्वका ५४ मुलुकमा ८६ हजार ६ सय ७९ जना नेपालीमा कोरोना संक्रमण भएको छ भने तीमध्ये ८२ हजार १ सय ९७ जना कोरोना संक्रमणमुक्त भएका छन्।
यो साता मलेसिया, भारत, कुवेत, युएई, र साउदी अरेबियामा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ।
यसैबीच नेपालमा हालसम्म ३ लाख ३६ हजार ३० जना संक्रमित पुगेकोमा ८४ दशमलव ५ प्रतिशत अर्थात २ लाख ८३ हजार ९ सय ९४ जना संक्रमणमुक्त भएका छन्।
संक्रमणका कारण आइतबार साँझसम्म ३हजार ३ सय २५ जनाको निधन भएको छ।
अध्यक्ष पन्तलाई कोरोना संक्रमण
यसैबीच गैरआवासीय नेपाली संघका अध्यक्ष तथा’कोभिड १९’ उच्चस्तरिय समितिका संयोजक कुमार पन्तलाई कोरोना संक्रमण भएको छ।
संघको सक्रियतामा निर्माण भएकोगोर्खास्थित एनआरएनए नमुना बस्ती हस्तान्तर, नेपालमा १० अर्ब लगानी लगायतको परियोजनालाई मूर्तरुप दिन विगत केही सातादेखि नेपाल भ्रमणमा रहनुभएको पन्तलाई आइतवार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
कोरोना भाइरस ९कोभिड–१९० को लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा ‘पोजेटिभ रिपोर्ट’ आएको हो । पन्तलाई कोरोना संक्रमण पछि अक्सिजन कमिर ज्वरो बढेको थियो। उनी अहिले होमआइसोलेसनमा रहेको संघको भनाइ छ।
सुझाव
नेपाल, भारतसहित विश्वका विभिन्न देशमा देखापरेको नयाँ प्रजातिको महामारी अत्याधिक संक्रामक खालको भएकोले विशेष सावधानी अपनाउन स्वास्थ्य समितिले जनाएको छ।
ज्वरो आउने, खोकी लाग्ने, शरीरदुख्ने, स्वाद रगन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुने लगायतका लक्षण देखा परेमा तत्काल पीसीआर परिक्षण गर्नसमितिले सुझाएको छ।
नयाँ भेरियन्टको कोरोना भएमापरिवारमा सबै संक्रमित हुने अवस्था रहेकोले कुनैलक्षण देखिएमा सेल्फ आइसोलेसनमा बस्न पनि समितिले अनुरोध गरेको छ।
यस्तै मधुमेह रउच्च रक्तचाप भएकामानिसहरूलाई संक्रमण भइहालेमा अवस्था गम्भीर हुनुसक्ने भएकोले उनीहरुले आफ्नो स्वास्थ्य र औषधी सेवनमा विशेष ध्यान दिन संघले सुझाव दिएको छ।
साथै पोषणयक्त खानेकुरा खाने, शारीरिक व्यायाम समेतगर्नुपर्छ । संक्रमित व्यक्तिहरूले घरमा अक्सिजन नाप्ने मिटरराख्ने र बेलाबेलामा अक्सिजन नाप्नुपर्छ।
अक्सिजन लेभल कम भए तुरुन्त स्वास्थ्य विज्ञसँग सल्लाह लिइहाल्न पनि समितिले सुझाएको छ।
याे पनि -
भारतमा २० सहित विदेशमा २३ नेपालीको मृत्यु, ९३ प्रतिशत सङ्क्रमणमुक्त
प्रतिक्रिया