ग्लोबल


विदेशमा मात्रै कोरोना संक्रमणबाट ३१९ नेपालीको मृत्यु

विदेशमा मात्रै कोरोना संक्रमणबाट ३१९ नेपालीको मृत्यु

नेपालखबर
माघ ४, २०७७ आइतबार ५:४०,

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र दक्षिण अफ्रिकामा १ जनाको निधन भएको हो।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा ३ सय १९ पुगेको छ।

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। ती मध्ये ५२ हजार ९ सय ४५ जना कोरोना मुक्त भएका छन्। यो कुल संक्रमितको ९५ प्रतिशत हो।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, दक्षिण अफ्रिका लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ९ सय ५४ जनाको निधन भएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६७ हजार ५६ जना छ भने २ लाख ६१ हजार ४४ जना अर्थात ९७.८ प्रतिशत कोरोनाबाट मुक्त भएका छन्।

नयाँ भाइरसबिरुद्ध फाइजरको खोप लगाउन सकिने
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार ब्रिटेन र दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाइरसको नयाँ स्वरुप (कोरोना भाइरस भेरियन्ट) विरूद्ध अहिले बजारमा आएका खोपहरु प्रयोग गर्न सकिने भएको छ।

स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार पछिल्लो छोटो अनुसन्धानले फाइजर र बायोएन्टेक लगायतका भ्याक्सिन नयाँ प्रकृतिको कोरोना भाइरसको बिरूद्धमा प्रभावकारी हुने देखाएको हो।

कूल परीक्षणमध्ये कम्तीमा १० प्रतिशतमा संक्रमण
नेपालमा कोरोना महामारी घट्दो क्रममा रहेको भए पनि स्वास्थ सावधानी आवश्यक रहेको स्वास्थ समितिले जनाएको छ। हाल दैनिक भइरहेका कुल परीक्षण गरेकामध्ये कम्तीमा १० प्रतिशतमा संक्रमण हुने गरेको पाइएको भन्दै समितिले जोखिम कम नभएको उल्लेख गरेको छ।

परीक्षणको दायरा पनि घटेको अवस्थामा वास्तविक तथ्यांक के हो भन्न नसकिने समितिले बताएको छ। समितिले मास्क, भौतिक दूरी र हात धुने लगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाएको छ।

आत्महत्या रोकथामसम्बन्धी विशेष भर्चुअल कार्यशाला
वैदेशिक रोजगारीमा रहेका नेपालीमा मनोरोग बढ्न थालेपछि संघ अन्तर्गतको वैदेशिक रोजगार र कल्याण विभागले आत्महत्या रोकथामसम्बन्धी विशेष भर्चुअल कार्यशाला आयोजना गरेको छ।

हालसम्म ३ कार्याशाला सम्पन्न भइसकेको एनआरएनएले जनाएको छ। सो कार्यशालामा मनरोग विशेषज्ञ डा विजय ज्ञवाली र डा रञ्जन थापाले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए।

विशेषतः मध्यपूर्व, मलेसियालगायत मुलुकका नेपालीले सहभागिता जनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad